अर्थ-वाणिज्य

राष्ट्रिय गौरबका २० आयोजना प्रमुखलाई मुख्यमन्त्री केसीको निम्तो किन ?



बुटवल १६ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल सुरु सुरु गरेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले आजबाट छलफल सुरु गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बिचमा समन्वय, सहकार्य र सहजिकरणको आवश्यकता रहेकोमा जोड दिए । उनले आयोजना प्रमुखबाट आयोजनाको काम , प्रगतीको बारेमा जानकारी लिनुका साथै समयमा पुरा हुन नसकेका योजना प्रमुखहरुसँग समयमा पुरा हुन नसक्नुको कारण सोधेका थिए ।

सो अवसरमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए । यस्तै बबई सिचाई आयोजनाका सिनियर डिभिजन ईन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिँदै ३६ हजार हेक्टर कृषि योग्य भूमिको सिचाईको योजना सहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भईरहेको बताए ।

त्यसैगरि कार्यक्रममा सिक्टा सिंचाई आयोजना , नेपाल टेलिकम प्रादेशिक कार्यालय , नेपाल विद्युत प्राधिकरण , जनताको तटबन्धन कार्यक्रम बुटवल , शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई ब्यवस्थापन , बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा मुख्यमन्त्रीले चासो व्यक्त गरेका थिए । छलफल कार्यक्रम भोलीसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६