प्रदेश

कांग्रेस कपिलवस्तुः देउवा पक्षका उपविजेतालाई विजेता बनाएको भन्दौ पौडेल पक्षका उमेद्वारको पुनः मतगणनाको माग




कपिलवस्तु, १६ मंसिर ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुमा भएको जिल्ला अधिवेशनमा देउवा पक्षका उप विजेतलाई विजेता बनाएको भन्दै पौडेल पक्षका उमेद्वारले पुनः मतगणनाको माग गरेका छन् । बुधबार निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै लेखिएको छुट्टाछुट्टै २ जनाको निवेदन मार्फत आफ्नो मत बढी हुदाँहुदै आाफु भन्दा कम मत प्राप्त गर्नेलाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग गरिएको हो ।
जिल्ला कार्य समिति सदस्यमा थारु कोटाबाट चुनाव लडेका झगरु थारुले आफु ७० मतले विजयी हुदाँ हुदैं आफुसंग प्रतिस्पर्धामा रहेका गुरु प्रसाद थारुलाई विजयी बनाउन नमिल्ने उनले दाबी गरेका छन् ।
त्यस्तै जिल्ला सदस्य पदकै लागी बाणगंगा नगरपालिकाको कोटाबाट जिल्ला सदस्य पदमा चुनाव लडेका भक्ति राम शर्मा गुरु प्रसाद ले पनि असन्तुष्टि जनाउँदै पुनः मत गणनको माग गरेका छन् । पुनः मतगणनाको माग गर्ने उमेद्वार पौडेल पक्षका रहेको बताईएको छ ।

यस्तो छ उमेद्वारहरुको माग पत्र ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६