अर्थ-वाणिज्य

रुपन्देहीमा समाजवादीको कार्यलय उद्घाटन गर्न नेपाल आउने



रुपन्देही १७ मंसिर । नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले आगामी मंसीर २५ गते जिल्ला पार्टी कार्यालय उद्घाटन तथा बृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बुटवल सुख्खानगरमा रहेको पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी कार्यालय उद्घाटनपछि हुने जिल्ला स्तरीय बृहत प्रशिक्षणलाई अध्यक्ष नेपालले सम्बोधन गर्ने नेकपा (एस) रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताउनुभयो । पार्टी रुपन्देहीको बुधबार बसेको बैठकले पार्टी कार्यालय उद्घाटन तथा बृहत प्रशिक्षणलाई भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहाकार रामचन्द्र भट्टराईले जननेता मदन भण्डारीलाई सम्मान गर्नेहरु माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा आउनुपर्ने बताउनुभयो ।
यस्तै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले एमालेको महाधिवेशनले विद्रोहको आवश्यकतालाई थप पुष्टि गरेको बताए । बैठकले जिल्ला भेला तथा प्रशिक्षण अघि विभिन्न जनवर्गाीय संगठनहरुको भेला सम्पन्न गर्ने निर्णय गरेको छ । मंसीर १८ गते युवा संघ नेपाल, २० गते अखिल नेपाल महिला संघ समाजवादी, २१ गते नेपाल भूमिहिन सुकुम्बासी संगठनको जिल्ला भेला गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले जानकारी दिए । यस्तै मंसीर २५ गते हुने कार्यक्रममा प्रत्येक पालिकाबाट करिव २ हजार सहभागी गराउने गरि तयारी थाल्ने निर्णय भएको पार्टी सचिव अविराम विश्वकर्माले बताए । बैठकमा विभिन्न पालिकाका अध्यक्ष तथा विभिन्न जनवर्गाीय संगठनहरुबाट रिर्पोटिङ भएको थियो । समाजवादीले मंसिर महिनाभित्र बाँकी पालिकाहरुमा समेत पार्टी कमिटी गठन गर्ने निर्णय गरेको छ

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६