कपिलवस्तु, १७ मंसिर । कपिलवस्तुमा खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका९१ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृती दंगौडाको डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
खेल्ने क्रममा सोही इँटाभट्टा नजिक पानी जम्मा गर्ने खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया