अर्थ-वाणिज्य

कांग्रेसको १४औँ महाधिवेशनमा भोटिङ मेसिनलाइ किन गरियो अस्वीकार



काठमाडौं १६ मंसिर । नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा कागजी मतदान प्रक्रियालाई नै अवलम्बन गर्ने भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो महाधिवेशनमा डिजिटल मतदानको चर्चा चले पनि अब भने त्यसको सम्भावना टरेको बताए। 

उनका अनुसार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टी नेतृत्वसँग प्रस्ताव गरेको भए पनि यसबारे कुनै निर्णय भएको छैन। ‘प्रचार विभागले दुई महिनाअघि नै पार्टी नेतृत्वसँग हामी विद्युतीय मतदानका लागि तयार हुनुपर्छ भनेर प्रस्ताव गरेका हौँ’, उनले नयाँ पत्रिकासँग भने,‘ ‘तर, अब हामीसँग समय पनि कम भएकाले डिजिटल भोटिङको सम्भावना छैन।’

भर्खरै सम्पन्न नेकपा (एमाले)को दशौँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिएको थियो। तर,कांग्रेसमा शीर्ष नेतृत्वले प्रविधिलाई विश्वास गर्न नसक्दा पुरानै मतदान प्रणालीमार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको छ। ‘कांग्रेसमा पुरानो सोच भएका नेताहरूका कारण प्रविधिलाई विश्वास गर्ने अवस्था रहेन’, महाधिवेशन व्यवस्थापनमा सक्रिय एक नेताले भने, विद्युतीय भोटिङ मेसिनलाई विश्वास गर्न नसक्दा मतदान गर्न, मतगणना गर्न र दोहो–याएर निर्वाचन गर्नुपर्ने अवस्थामा प्रशस्त समय जानेछ।’ 

कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ। कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार उम्मेदवार संख्या र पदअनुसारका आकार र रंगका मतपत्रको व्यवस्था हुनेछ। मतदानका क्रममा पाँच हजार प्रतिनिधि सहभागी हुनेछन्। 

निर्वांचन गर्नुपर्ने पदको संख्या बढी भएकाले मतपत्रको संख्या बढी भएको र एक मतदातालाई एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान गरिएको सूचना अधिकारी रिजालले बताए। निर्वाचित हुनुपर्ने पदसंख्या धेरै भएकाले २९ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ,’रिजालले नयाँ पत्रिकासँग भने,‘ एक मतदातालाई ३० मिनेटदेखि एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान छ। पाँच हजार प्रतिानिधि मतदानमा सहभागी हुनेछन्। तीन स्थानमा बाँडेर मतदान गरिनेछ। ‘कागजको मतपत्रमा स्वस्तिक छाप लगाएर नै मतदान हुन्छ।’

मंसिर २४ देखि २७ सम्म हुने महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । केन्द्रीय पदाधिकारीका लागि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान गरिने बताइएको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६