अर्थ-वाणिज्य

कोरोना भाइरसको नयाँ रूप ओमिक्रोनले ढोका ढकढक्याउन थाल्दा मौज्दात र आउने खोप भण्डार गर्ने पूर्वाधारको कमी



काठमाडौँ १८ मंसिर — एकातिर कोरोना भाइरसको नयाँ रूप ओमिक्रोनले ढोका ढकढक्याउन थालेको छ, अर्कोतिर नेपालमा मौज्दात र आउने खोप भण्डार गर्ने पूर्वाधारको कमी छ । पहिलो वा दोस्रो चरणको खोप अभियानसमेत तीव्र बनाउन नसकेको सरकारले ‘बुस्टर’ डोजको कुनै कार्यक्रम बनाएको छैन । जबकि तीन चरणका खोप लगाउन सकिने गरी खोपको व्यवस्था भएको सरकारी अधिकारीहरूको भनाइ छ ।
हालसम्म मुलुकमा २ करोड ७१ लाख ६८ हजार मात्रा खोप भित्रिएको छ । शुक्रबारसम्म १ करोड ८८ लाख ६२ हजार खोप उपयोग भएको छ । यसरी ८३ लाख ६ हजार खोप विभिन्न भण्डारणमा छ । त्यस्तै अहिलेदेखि आगामी चैत मध्यसम्म क्रमशः आउने गरी थप तीन करोड ५६ लाख खोप सुनिश्चित भएको छ ।
‘अब पाइपलाइनमा रहेअनुसार सन् २०२२ को पहिलो तीन महिनामा ३ करोड ५६ लाख ९१ हजार खोप आउनेछ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् । यसरी मन्त्रालयको तथ्यांकअनुसार पनि अहिले मौज्दात रहेको र आउने गरी वैशाखभित्र नेपालसँग चार करोड ३९ लाख मात्रा खोप हुनेछ ।
पछिल्लो एक साताको हिसाब गर्दा देशभर औसत एक लाख ४८ हजार डोज खोप खपत भइरहेको छ । यो हिसाबले नेपालसँग उपलब्ध हुने खोप खपत हुन ९ महिना लाग्नेछ । अहिलेकै गतिमा खोप लगाउँदा चैत मध्यसम्म आइपुग्ने खोप उपयोग गर्न नेपाललाई भदौसम्म लाग्नेछ । त्यसमाथि ओमिक्रोनजस्ता ‘भेरिएन्ट’ को लहर त्योभन्दा अघि नै आइसक्ने जोखिम छ । कोभिडविरुद्धको खोप अभियान सुरु भएको ९ महिना भइसकेको छ । तर विज्ञहरूका अनुसार दोस्रो खोप लगाएको ६ महिना कटेका व्यक्तिहरूमा खोपको प्रभाव देखिएको छैन । त्यसैले महामारीबाट नागरिकलाई सुरक्षित गर्न ‘बुस्टर डोज’ अनिवार्य भएको छ । पहिलो वा दोस्रो खोप लगाउन बाँकी सबैलाई खोप लगाएर पनि ‘बुस्टर डोज’ लगाउने मात्र नेपालसँग पर्याप्त हुने अधिकारीहरूको भनाइ छ ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६