प्रदेश

भिजिबिलिटी कम भएपछि हवाई उडान र अवतरण प्रभावित




काठमाण्डौ, १८ मंसिर । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानरअवतरण प्रभावित भएको छ ।

बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उहाँले बताउनुभयो ।

उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६