प्रदेश

मतपत्रमा उम्मेदवारको नाम छुटेपछि




विराटनगर, १८ मंसिर। मतपत्रमा उम्मेदवारको नाम छुटेपछि नेपाली कांग्रेस प्रदेश १ को मतदान रोकिएको छ ।

शनिबार बिहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका थियो । तर उम्मेदवारको नाम छुटेपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए । मतदान एक बजेपछि सुरु हुने अधिकृत थापाले बताए ।

मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम छुटेको थियो । नेपालीले दलित कोटाबाट, खड्कीले भूगोल खुलाबाट र शान्तिकलाले महिला खुलाबाट मनोनयन दर्ता गरेका थिए । उम्मेदवारको नाम छुटेपछि उम्मेदवारहरुले विरोध गरेका थिए । विरोधपछि मतदान रोकिएको हो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए ।

नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरूराज घिमिरेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६