प्रदेश

नेपाली कांग्रेस लुम्बिनी अधिवेशनः मतदान जारी, ८ सय मत खस्यो



भैरहवा, १८ मंसिर। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको मतदान जारी रहेको छ । बिहान साढे ८ बजे सुरु गर्ने भनिए पनि आज करिब ११ बजे बाट मात्र मतदान सुरु भएको छ । मतदान स्थलमा कडा सुरक्षा अपनाईएको छ । भैरहवाको महेन्द्र सभागृहमा भई रहेको मतदानमा मतदाता, उम्मेदवार र तिनका समर्थकहरुलाई मूख्य गेटबाट बाहिर नै राखिएको छ । सुरक्षाकर्मिहरुको सोधपुछ पछि मतदाताहरुलाई मात्र भित्र प्रवेश दिईएको छ। दिउसो २ बजे सम्म करिब ८ सय जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार पदाधिकारी एवम सदस्यहरुको लागी अलग अलग गरि ६ पानाको मतपत्र तयार गरिएको छ । पहिलो पाना पदाधिकारी एवम बाँकी ५ पानामा सदस्यहरुको नाम राखिएको छ ।

पहिलो पटक हुन थालेको कांग्रेसको प्रादेशिक निर्वाचनमा भाग लिन आएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् । लुम्बिनी प्रदेशका लागी संघिय सांसदका सार्वजनिक लेखा समिति संयोजक भरत कुमार शाह र रोल्पाका अमर सिंह पुन नेतृत्वको लागी चुनावी मैदानमा छन् । दुवै पक्षले प्यानल बनाएर चुनावमा होमिए पछि उनिहरुको कार्यकर्तामा पन उत्साह थपिएको छ । मतदान स्थलमा अहिले दुवै पक्षका समर्थकहरुले रोचक शैलीमा आ–आफ्नो उम्मेदवारका लागी मत मागि रहेका छन् ।

मतदाताहरुले सभापति पदका उम्मेदवार दुवै जना हेभिवेटका रहेकाले चुन्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले यो अधिवेशनले युवा अनुहार समेत लिएर आउने र यसले केन्द्रिय महाधिवेशनमा समेत प्रभाव पार्ने दावी रहेको छ । सबै अट्ने कांग्रेस, सबैको साझा कांग्रेस र कम्युनिष्टहरु संग जुध्न सक्ने सार्थक कांग्रेस बन्नेमा आशावादी रहेको बताएका छन् ।

अहिले बिभिन्न गुट र उपगुट भए पनि यो महाधिवेशन सम्म मात्रै रहने मतदाताहरुको भनाई छ । उनिहरुले गुटले पार्टीमा कुनै प्रकारको दिर्घकालिन असर नपार्ने दावी समेत गरि रहेका छन् ।प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सह९ महामन्त्री गरि ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

यस्तै प्रत्यक्ष सदस्य तर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिला सहित २४ जना र खुल्लामा ५ महिला सहित १७ जना चयन हुनेछ्न । समावेशी सदस्यमा खस आर्य तर्फ ४ महिला सहित ८ जना, आदिवासी जनजातीमा २ महिला सहित ५ जना, मधेशीमा २ महिला सहित ४ जना, दलितमा २ महिला सहित ४ जना, थारु २ महिला सहित ४ जना, मुस्लिम १ महिला सहित २ जना र अल्पसंख्यक वा अपाङ्ग मध्ये १ जना गरि जम्मा ६९ जनाको कार्यसमिति रहनेछन् ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरि १ हजार ६ सय ४८ जना प्रतिनिधिहरु रहेका छन् ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६