प्रदेश

नेपाली कांग्रेस लुम्बिनीको मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने ।




बुटवल, मंसिर १८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल १ हजार ६ सय ७० मतदाता रहेकोमा ३९ जना अनुपस्थित रहेका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन प्रतिस्पर्धामा रहेका छन् । दुवै पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेको हो । मतदान कार्य सकिएकोले केही बेरमा मुचुल्का उठाएर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६