काठमाडौं १८मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्राप्त उपलब्धीलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै माओवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको पनि बताए ।
यस्तै उनले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताए । नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनले बताए । तर कुन विदेशी शक्ति भन्ने स्पष्ट खुलाएनन् ।
अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’ एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको पनि उलने आरोप लगाए ।








प्रतिक्रिया