प्रदेश

कपिलवस्तु–काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा घिमिरे




कपिलवस्तु, मंसिर १८
नेकपा माओवादी केन्द्रको भातृ संगठन कपिलवस्तु–काठमाण्डौ सम्पर्क समन्वय समिति गठन गरिएको छ । नेत्र प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा अनिषा ज्ञवाली, देवेन्द्र पौडेल, सचिवमा बिनोद मरासिनी, कोषाध्यक्षमा भास्कर पाख्रेल, सहसचिवमा निखिल घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रदिप थारु, सुजन मरासिनि, गिताा शर्मा, विजय पौडेल र गोपाल भट्राई चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय कार्यालय सचिव डोर प्रसाद उपाध्यायले नवगठित कार्यसमितिलाई बधाई दिंदै सफलताको शुभकामना व्यक्त गरे । उपाध्यायले यस्ता भातृ संगठनले पार्टीलाई मजबुत र बलियो बनाउन अहम भुमिका खेल्ने उनले बताए । आगामि एक बर्षका लागि कपिलवस्तु बाट चयन भएका पदाधिकारीले काम गर्ने जनाईएको छ ।

शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्र कपिलवस्तु–काठमाडौं समन्वय समितिको सम्मेलन सम्पन्न भएको हो ।

नेत्र प्रसाद घिमिरेको अध्यक्षता र माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय प्रमुख अतिथि रहेको सम्मेलनमा विशिष्ट अतिथि लुम्बिनी सम्पर्क समन्वयका संयोजक सुनिता रोकाया र सम्पर्क समन्वयका प्रदेश सदस्य दिपक चुडाली अतिथि रहेका थिए ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६