अर्थ-वाणिज्य

प्रचण्डको दावि ५ दलिय गठबन्धन टुटाउन विभिन्न कोणबाट कसरत जारी



काठमाडौं १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन टुटाउन विभिन्न कोणबाट कसरत भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई चितवनमा सम्बाेधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले पनि यो गठबन्धन टुटाउनलाई कहीँ केही गर्न सकिन्छ कि भनेर विभिन्न कोणबाट कसरत भइराखेका छन् । तर, मलाई के विश्वास छ भने, सबभन्दा ठूलो तागत भनेको जनताको तागत नै हो ।’

संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षा गरी तीन प्रमुख उद्देश्यमा समानता भएका कारण पाँचदलीय गठबन्धन सम्भव भएको बताउँदै यो गठबन्धन सफल हुने अध्यक्ष प्रचण्डको दाबी थियो । देशमा प्रतिगमन गर्न गत साल पनि अनेक षड्यन्त्र र सेटिङ भए पनि आफूहरूले त्यसलाई परास्त गरेर जनताको नयाँ सेटिङ स्थापित गरेको पनि उनले बताए।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६