प्रदेश

मधेश र मधेशीका मुद्दा कहिले समाधान हुन्छन? : अध्यक्ष ठाकुर



कपिलवस्तु, १८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले मधेशी जनताप्रतिको विभेद अझैपनि कायम रहेको बताएका छन् । उनले जुनसुकै पार्टीको सरकार आए पनि मधेश र मधेशी माथि विभेद गर्दै आएको बताउँदै मधेशीहरुको मुद्दाहरु अहिले पनि समाधान नभएको बताए । उनले भने ‘जबसम्म मुद्दा समाधान हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ । अखिर किन मधेसीहरु माथि पटक–पटक विभेद र दु्रव्यवहार भइरहेको छ।’

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित पार्टी प्रवेश तथा बृहत आम सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले राज्यका सबै निकायमा मधेशीहरु प्रतिनिधित्व नभएको भन्दै समान सहभागिताको माग समेत गरेका छन् ।

जनसंख्याको आधारमा मधेशीको संख्या बढी भएतापनि सहभागिता भने न्यून रहेको भन्दै अध्यक्ष ठाकुरले आफू मधेशी जनताको हक अधिकारको पक्षमा सँधै काम गर्ने प्रतिवद्धता पनि जनाए । उक्त कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेताद्वय शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य अनिल झा, लोसपा कार्यकारिणी समिति सदस्य अकवाल अहमद शाह र लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्र लगाएतका नेताहरुले आफ्ना भनाई राखेका थिए ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६