अर्थ-वाणिज्य

निर्मल निवासलाइ ‘नाङ्गो हस्तक्षेप’ भएको आरोप किन लाग्यो त ?



काठमाडौं १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा पराजित भएसँगै महाधिवेशनमा निर्मल निवासको ‘नाङ्गो हस्तक्षेप’ भएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिँदै चुनावमा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका हुन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना’, थापाले लेखेका छन्, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’

थापाले राजसंस्था शीरमा कफन बाँधेर बोकेर हिँडेको पुरस्कार आफूले पाएको समेत बताएका छन्।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो’, उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।

उनले आफूले राहत र उन्मुक्ति पाएको समेत बताएका छन्। पार्टीको महाधिवेशन पहिले उनले अब कहिल्यै पार्टी नफुटाउने बताउँदै आएका थिए।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६