अर्घाखाँची १९ मंसिर । बिजुलीको लाइन तान्ने क्रममा झिमरुक नदीले बगाएर सन्धिखर्क–७ का २४ वर्षीय सन्दीप नेपालीको गत शुक्रबार निधन भयो । प्यूठानसँग जोडिएको जलुके लामातालमा विद्युतको तार तान्ने क्रममा मृत्यु भएका उनको शव बिहीबार मात्रै परिवारले बुझे । उनी मुख्य मिस्त्री थिए । थ्रीफेस तार तान्ने क्रममा उनलाई नदीले बगाएको थियो । निर्माण व्यवसायीले मजदुरको मृत्यु विमाङ्कन बापतको रकम दिन नमान्दा परिवारले शव उठाएको थिएन ।
निर्माण व्यवसायीले मेसिन, कामदारको बिमा गरेका हुन्छन् । काम गर्दा मेसिन, औजार टुटफुट भए, चोरी भए, जले, आक्रमणमा परेमा बिमा कम्पनीबाट रकम पाउँछन । मजदुर घाइते र मृत्यु भएमा क्षतिपूर्ति पाउने व्यवस्था छ । छ दिनसम्म प्रहरी कार्यालयमा छलफल गर्दा ठेकेदारले ३ लाख २५ हजार रुपैयाँ रकम दिने आश्वास दिएको पूर्णबहादुरले बताउनुभएको छ । किरिया खर्च ६० हजार दिएको र अरू बाँकी रकम पुस २ गते दिने गरी कागज गरिएको उहाले बताउनुभयो । बिमाबापत ५ लाख ३० हजार रुपैयाँ पाउनुपर्ने भए पनि ठेकेदारले दिन नमिल्ने बताएको उहाले बताउनुभएको छ ।
१९ मंसिर २०७८, आइतबार
प्रतिक्रिया