ब्रेकिंग न्युज

कांग्रेस प्रदेश अधिबेशन : लुम्विनीमा पुन,बाग्मतिमा बनिया र प्रदेश १ मा थापा बिजयी



कपिलवस्तु २० मंसिर ।नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।
यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।
यता नेपाली कांग्रेसको लुम्बिनि प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी भएका छन । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनि प्रदेश सभापतिमा बिजयी भएका हुन ।प्राप्त नजिता अनुसार अमरसिंह पुनले ८५२ मत पाएर बिजयी भएकाछन् । भरत शाहले ७६७ मत पाएका छन् । उनले ८५ मत बढी ल्याएर बिजयी भएका हुन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६