अर्थ-वाणिज्य

माओवादी केन्द्रले सरकार र पार्टीको कामलाई व्यवस्थित गराउन आन्तरिक समिति बनायो



काठमाडौं २० मंसिर । नेकपा माओवादी केन्द्रले सरकार र पार्टीको कामलाई व्यवस्थित गराउन आन्तरिक समिति बनाएको छ। माओवादी स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समिति बनाएको छ। समितिमा ३ जना स्थायी समिति सदस्य र पाँचजना मन्त्री रहेका छन्। 

जसको सचिवमा हरिबाेल गजुरेल रहेका छन्। सदस्यहरूमा देव गुरुङ र लीलामणि पोखरेल रहेका छन्। सरकारमा रहेका पाँच मन्त्री पनि उक्त समितिमा रहेका छन्। समितिका सदस्यमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, शिक्षा, विज्ञान तथा संसदीय मामिलामन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) रहेका छन्। 

यसअघि पाँचदलीय गठबन्धनले सरकारका कामलाई सघाउन भन्दै उच्चस्तरीय समिति बनाएको थियो। जसको संयोजकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्। उक्त समितिको गठबन्धनका दलहरूले पालैपालो नेतृत्व गर्ने सहमति छ। 

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६