अर्थ-वाणिज्य

साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा नेपाली टिम पहिलो



काठमाडौ २० मंसिर । साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ ।उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ ।

८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।सन २०१९ बाट शुरु भएको उक्त समिट यस पटक श्रीलंकामा आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो ।उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । रहेक टिममा प्रत्येक देशका एक जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६