प्रदेश

गृहमन्त्री खाँणको नेतृत्व असफल, राजनितीक यात्रामा अवरोध ।



बुटवल, २० मंसिर । गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी भित्र असफल देखिएका छन् । काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको नेतृत्व चयनमा आएको परिणामले खाँणको नेतृत्व असफल देखिएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासी पात्र खाँण समूह लुम्बिनीमा पराजीत भएको छ । सम्पन्न निर्वाचनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाबी भएको छ । पौडेल समूहका अमर पुनले देउवा समूहका भरतकुमार शाहलाई पराजीत गर्दै सभापति भएका छन् । चुनावी मञ्चमै उभिएर पूर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य शाहको पक्षमा खाँणले मत मागे पनि पुनको पक्षमा मत गएको छ । पुन प्यानलका एक उपसभापति बाहेक सबै पदमा विजयी भएका छन् । पुन प्यानलमा रहेका उपसभापतिका उमेद्वार अष्टभूजा पाठक राजित भएका हुन् ।

गृहमन्त्री खाँणलाई आफ्नो समूहको पराजयसँगै गृह जिल्लामा रहेका कुनै पनि हेबी वेटका उमेद्वार नेतृत्वमा पुग्न नसक्दा थप प्रश्न उब्जिएको छ । रुपन्देहीबाट उमेद्वार भएका शाहसहित सह महामन्त्रीको उमेद्वार सरिता गिरी पराजीत भएका छन् । यसैगरी रुपन्देहीको प्रतिनिधित्व गर्दै पुन प्यानलबाट उपसभापतिका उमेद्वार अष्टभुजा पाठक समेत पराजीत भएपछि गृहमन्त्रीको जिल्ला पदाधिकारी विहिन बनेको छ ।

पुन प्यानका सबै उमेद्वारहरुले जित दर्ता गराउँदा रुपन्देहीको प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद समेत रहेका पाठक पराजीत भए । शाहको प्यानलबाट प्रदेश सदस्यका लागि खुलातर्फबाट उमेद्वारी दिएका बिरेन्द्र श्रीवास्तव पनि पराजीत भएका छन् । काँग्रेस निर्वाचनमा देखिएको यो मत परिणामले गृहमन्त्री खाँणलाई अबको राजनीतिक यात्रामा समेत असर पर्ने देखिन्छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६