प्रदेश

प्रस्तावित तीन राजदूतको सुनुवाइ रोक्न एमालेको माग




काठमाडौं, २० मंसिर। प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ ।

भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । त्यसअघि अहिले उजुरीबारे छलफल भइरहेको छ ।

बैठकमा एमाले सांसद सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने बताए । समावेशी भएन भनेर उजुरी समेत आएको भन्दै उनले भने, ‘हामीले पहिला पनि समावेशी भएन भनेर भनेका हौं । यो निरन्तर कहिलेसम्म रु त्यसैले समावेशी किन भएन भनेर पहिला सरकारसँग छलफल गरौं ।’
सरकारसँग छलफल गरेर मात्र सुनुवाइको थप प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

कांग्रेस सचेतक पुष्पा भुसालले भने बैठक रोक्न नमिल्ने बताए । समावेशी किन भएन भन्ने विषय महत्वपूर्ण भएपनि उजुरी आहृवान गरेर प्रक्रिया सुरु गरिसकेकाले प्रस्तावित राजदूतहरुको सुनुवाइ रोक्न नमिल्ने उनको तर्क छ ।

सरकारले ११ कात्तिकमा भारतका लागि नेपाली राजदूतमा डा। शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्रीलाई सिफारिस गरेको थियो । अनुमोदन गर्ने नगर्नेबारे सुनुवाइ समितिले ४५ दिनभित्र निर्णय गर्नुपर्नेछ, नभए नियुक्तिका लागि बाटो खुल्नेछ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६