प्रदेश

अवैध सालको काठ सहित बाणगंगामा एक जना पक्राउ ।




बाणगंगा, २० मंसिर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं ६ बैदौलीबाट एक फर्निचर उद्योगका संचालक हरि चौधरी अवैध सालको काठसहित पक्राउ परेका हुन् ।

आईतबार बेलुका करिब ९ बजे रुद्र फर्निचर उद्योगका संचालक चौधरीलाई गोप्य सुचनाका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरी निरिक्षक दिनेश गुरुङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ वटा चौकस, २ वटा फेन्टा गरि ६ क्युफिट काठ बरामद गरेको छ ।

उक्त बरामद गरिएको काठको मूल्य करिब रु।२५ हजार पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय तौलिहवा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६