अर्थ-वाणिज्य

कपिलवस्तुमा कराँते दिक्षान्त समारोह सम्पन्न



कपिलवस्तु २० मंसिर – कपिलवस्तुमा कराँते दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कराँते टेक्निकल कमिटिको आयोजनामा सोमबार सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र विक्रम लाखेले खेलले खेलाडीको शारिरीक, मानसिक, सामाजिक विकाससंगै देशलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद कराँतेका मुख्य प्रशिक्षक तथा साउथ एसिया कराँते च्याम्पियन हिरासिंह दंगोलले प्रदेश भरबाट सहभागि भएका कराँते खेलाडीलाई प्रशिक्षण दिएका छन् । उनले सम्पूर्ण खेलाडीलाई आफ्नो खेल सिपलाई परिमार्जन गर्दै थप लगनशिल तथा मिहनेती हुनुपर्ने आवश्यकता औल्याएका छन् । गण्डकी प्रदेश कराँते टेक्निकल समितिका अध्यक्ष विष्णुलाल श्रेष्ठले खेलाडीहरुमा देखिएको उत्साहले आगामी दिनमा नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशका ६० जना कराँते खेलाडीहरुले प्रशिक्षण लिएका छन् । प्रदेशभित्र रहेका १२ जिल्लाका कराँते खेलाडीहरुको ब्लायक् बेल्ट प्रथम डान, दोस्रो डान र तेस्रो डानको प्रमोशन गरिएको छ । 

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६