प्रदेश

रुकुममा बस दुर्घटना हुँदा ४० जना घाइते, १० को अवस्था गम्भीर




रुकुम, २१ मंसिर । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको हो ।

बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग१ख२१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मुसिकोट–१ का वडा अध्यक्ष वीरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, विमला खत्री र प्रेम केसी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भीर घाइते छन् ।

घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक दोजबहादुर भण्डारी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेको थियो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६