प्रदेश

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतरको बैठक आज



काठमाडौँ, २१ मंसिर । पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदार बनाउनेबारे नेपाली कांग्रेस संस्थापनइतर पक्षमा प्रयास जारी छ । यो प्रयासलाई सहमतिसम्म पुर्‍याउन नेताहरु निरन्तर लागिपरेका छन् ।

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको संस्थापन इतर समूहका शीर्षनेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको नेताहरुको दाबी छ । यो समूहले यसबारे आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग आज थप छलफल गर्दै छ ।

सोमबार साँझ बोहराटारमा सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज दिउँसो १ बजे सभापतिकै आकांक्षी प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बोलाइएको छ ।

दुई दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्ने समझदारी बनेको बताइएको छ । सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज बैठक बस्न लागेको हो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६