जीवनशैली

मिस एयर होस्टेज २०२१ पाचौं संस्करणको छनौट चरण सम्पन्न को को भए त छनौट ?



काठमाडौं । विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस एयर होस्टेज २०२१’ पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न एयरहोस्टेजको तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेज सम्वन्धी तालिम लिएर जागिरको खोजिमा वसेका अथवा विमान परिचारिका वन्ने लक्ष्य लिएकाहरु मध्ये प्रतियोगीतामा सहभागीका लागि ४५ जना युवतीहरुले आवेदन दिएका थिए । उक्त छनौट कार्यक्रममा निर्णायकमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य,एयरहोस्टेज तालिम प्रशिक्षक गौरिकला थापा, हिमालयन एयरलाइन्सका सिसनयर इन्जिनीयर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ रहनु भएको थियो ।

पहिलो चरणको छनौटवाट छनौट भएका प्रतियोगीहरुलाई मंसिरको २२ गतेवाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ वजे सम्म तालिम सन्चालन गरिने भएको छ । विमान परिचारीका वन्न चाहाने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

विगत केहि वर्षको अन्र्तरालपछि फेरी पनि यस प्रतियोगितालाई निरन्तरता दिने हेतुले योे पाचौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त प्रतियोगितात्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । अन्तिम प्रतिस्पर्धा पुसको पहिलो साता राजधानीमा सम्पन्न हुने भएको छ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज २०२१’ कोे ताज उपाधि सहित विमान परिचारिका वन्ने अवसर प्रदान गर्ने छ । साथै उच्च शिक्षाको लागि छात्रावृत्ति साथै वैदेशिक शिक्षाको लागि पनि लागि छात्रावृत्ति प्रदान गरिने छ भने अन्य विभिन्न उपहारहरु पनि प्रदान गरिने छ ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६