अर्थ-वाणिज्य

समृद्ध नेपालकालागि उपयोग गरिने ,यूवाको संख्या ४० प्रतिशत, बजेट १ प्रतिशत :मन्त्री गहतराज




वाँके २१ मंसिर । नेपालगञ्ज २१ मंसिर । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले देशको प्रमुख शक्ति युवालाई राष्ट्र निर्माणमा उपयोग गर्नेगरी राष्ट्रिय युवा नीति तयार पारिरहेको बताउनुभएको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले बाँकेको कोहलपुरमा आयोजना गरेको चालु आर्थिक वर्षको समिक्षा कार्यक्रममा बोल्दै मन्त्री गहतराजले अब सबै युवालाई समृद्ध नेपालका लागि उपयोग गरिने बताउनुभयो ।
युवालाई रोजगार, स्वरोजगार बनाउन तथा स्रोतको पनि व्यवस्थापन गरेर आत्मनिर्भर बनाउने गरी नीति र्तजुमाको काम भइरहेको मन्त्री गहतराजले बताउनुभयो । देशको ४० प्रतिशत युवाको अपेक्षा पूरा गर्न मन्त्रालयसँग कुल बजेटको १ प्रतिशतभन्दा कम बजेट हुनु आफैमा दुखद भएको उहाँले बताउनुभयो । सीमित स्रोतबाट उपलब्धीमुलक काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
बैदेशिक रोजगारमा जाने युवालाई सीपमुलक बनाउनुका साथै सीपआर्जन गरी सकेपछि पनि स्रोत पुँजिको व्यवस्थापन गनुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयले निकट भविश्यमा अनुभव आदानप्रदान हुने हिसावले सफल युवा उद्यमी र केही गरौ भन्ने सोच भएका युवाबीच बृहत अन्तरक्रिया गरी युवामा उत्साह भर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले रोजगार र स्वरोजगार बनाउनेखाले युवा नीति बनाउन लागिएको जानकारी दिनुभयो । तीन तहको समन्वयमा मात्रै युवालाई रोजगार र स्वरोजगार बनाउन सकिने उहाँको भनाई छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले युवालाई देश निर्माणमा सहभागी नगराएसम्म देश अघि बढ्न नसक्ने बताउनुभयो ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६