जीवनशैली

घोराही उपमहानगरमा ल्याण्डफिल साइडमा जाने फोहोर शून्यमा झार्ने अभियान



दाङ २१ मंसिर । दाङको घोराही उपमहानगरपालिकाले ल्याण्डफिल साइडमा जाने कुनै पनि फोहोरलाई शून्यमा झार्ने अभियानको थालनी गरेको छ । घरबाट तथा अन्य ठाउँबाट निस्कने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र ल्याण्डफिल साइडमा गइरहेको फोहरलाई शून्यमा झार्ने अभियान सुरु गरेको हो ।त्यसका लागि घोराही उपमहानगरपालिकाले गल्ने, नगल्ने फोहोरको वर्गीकरण गरि खरिद गर्ने कार्यक्रमलाई अघि बढाएको छ । गल्ने फोहोरलाई घरकै करेसाबारीमा प्रयोग गर्ने देखी बायो ग्यास र मल बनाउने उद्योगसम्म पुर्‍याउन सकिने गरी नगरवासी सम्म अभियान चलाएको सरसफाइ तथा वातावरण विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।  

नगरले प्लास्टिक, सिसा, गत्ता तथा कपडाका टुक्रालाई छुटाएर खरिद गर्ने र ल्याण्डफिल साइडमा पालिँदै आएको फोहोरलाई पैसामा रूपान्तरण गर्न लागिएको उनको भनाई छ । ल्याण्डफिल साइडमा फोहर व्यवस्थापन गर्दा हुँदै आएको लाखौँ रुपैयाँको बचत सँगै फोहोरबाट पैसा आर्जन गर्ने कार्यक्रम नगरवासीमा अभियानकारुपमा लिएको डाँगीले बताए ।  यसका लागि नगरको सरसफाइ व्यवस्थापन शाखाले विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ । आज पत्रकार एवं वडा सदस्यहरू सँग फोहोर व्यवस्थापनका विषयमा अभिमुखीकरण गरेर सरसफाइ युक्त नगर बनाउने अभियानका बारेमा समेत जानकारी दिएको छ ।  नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले फोहोरको व्यवस्थापन अब घरबाटै सुरु गर्ने र मोहरमा बदल्ने अभियानमा सहभागी हुन नगरवासीलाई अपिल गरेकी छन् ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६