प्रदेश

कपिलवस्तुलाइ बाल बिवाहमुक्त बनाउन पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता ब्यक्त



कपिलवस्तु २२ मंसिर ।कपिलवस्तुलाइ बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन । सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा आफुहरुको समेत साथ रहेको उनीहरुले बताए ।

आईसा गल्र्स कलेज कृष्णनगरका मौलाना महसुद नेपालीले कपिलवस्तु सहीत देशलाई नै बाल बिवाहमुक्त बनाउन आफुहरुले हर तरहले सहयोग र साथ दिने बताए । उनले अभियानलाई सबै समुदायले साथ दिनु पर्ने बताए । सो अवसरमा सहजकर्ता तालिह हुसेनले बाल विबाह नियन्त्रण र न्युनीकरण गर्ने उपाय बारे जानकारी दिदै महिलाहरुलाई सशक्त बनाउनु पर्ने बताए । महिलाहरु साक्षर र सक्षब नबनाई बाल बिवाह अन्त्य गर्न गाह्रो हुनृ उनले बताए ।

‘ महिलाहरुको सक्षरता स्थितिलाई माथी नउठाईकन बाल बिवाह अन्त्य हुन गाह्रो छ, त्यसैले सबैले महिलाहरुलाई शिक्षित बनाउन जरुरी छ ’ उनले भने । सो अवसरमा युनएफपिएका कपिलवस्तु संयोजक चित्र महतोले बाल बिवाहको अवस्था बारे चर्चा गर्दै बाल बिवाह अन्त्यकालागि सबैले साथ दिनु पर्ने बताए । उनले बाल बिवाह अन्त्यकालागि पालिकाहरुले रणनीतिक योजना बनाई अघि बढनु पर्ने बताए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६