जीवनशैली

अमेरिका जाँदै गरेका दाङको २१ वर्षीय युवकको बाटैमै मृत्यु



काठमाडौं, २२ मंसिर । अमेरिका जाँदै गरेका दाङका एक युवकको बाटैमा ज्यान गएको छ । अमेरिका जाँदै गरेका दाङ तुलसीपुर उपमहानगरपालिका-३, गोटीखोलाका २१ वर्षीय साहिल बोहराको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाली समयानुसार सोमबार साँझ ७ बजेतिर पेरुमा उनको मृत्यु भएको हो ।

दलाललाई मोटो रकम दिएर अमेरिकी सीमाक्षेत्रबाट प्रवेश गराउने आश्वासनअनुसार बोहरा भिसा बिनै अमेरिका जाँदै थिए । तर पेरु पुग्दा उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने समस्या भयो । त्यसपछि आइतबार बेलुका दलालले उनलाई त्यहाँ होटलको व्यवस्था गरिदिए । त्यसपछि सोमबार बिहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए । लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ । मृत्युको कारण अझै केही खुलेको छैन ।

यसरी बिना भिसा अमेरिका प्रवेशका लागि लाखौं रकम दलाललाई बुझाएर हिँडेरै जाने नेपाली युवा बाटैमा मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । गत जुनमा पनि बिना भिसा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न गएका सात नेपाली क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा समुद्रमा बेपत्ता भएका थिए ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६