प्रदेश

नेपाल एअरलाइन्सको टिकट बिक्री कक्षमा नेपाली मौलिक उत्पादनको पनि बिक्री सुरु



काठमाण्डौ, २२ मंसिर । नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० ले आफ्नो टिकट बिक्री कक्षमा नेपाली मौलिक उत्पादनको पनि बिक्री थालेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको उद्घाटन गर्नुभयो । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।

नेपालको कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले टिकट बिक्री कक्षमा सोभिनियर सेल्स काउन्टरको स्थापना गरिएको निगमले जनाएको छ । ।

नेपाली कच्चा पदार्थ बाँस, अल्लो, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टी–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो र विमानका नमुना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६