प्रदेश

साझा उम्मेदवार चयन गर्न पौडेल पक्षको छलफल शुरु



काठमाडौं, २२ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा बसेका हुन् ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।

यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँछ छलफल गरेको थियो । छलफलमा सहभागीले साझा उम्मेदवार छिटो चयन गर्न नेताहरुलाई दबाव दिएका थिए । जिल्ला र प्रदेशस्तरका नेताहरुसँगको छलफलपछि पौडेल समूह पुनः छलफलमा जुटेको हो ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६