प्रदेश

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा सकियो



काठमाण्डौ, २२ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको ५३ औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल गरेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । खेलको ६० औँ मिनेटमा रवि पासवानको पासमा सुमन लामाले झन्डै सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।

यो बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्क तालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२ औँ स्थानमा छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६