प्रदेश

लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने



लुम्बिनी २२ मंसिर । लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ। जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ।कहाँ र कस्तो बनाउने भन्ने बारेमा मन्त्रालयले विभिन्न स्थानमा पुगी छलफल पनि सुरु गरेको छ। केही समयपछि आ–आफ्नो जातजाति र संस्कृतिको संरक्षण भएको महसुस गर्ने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए।

उनका अनुसार सांस्कृतिक ग्राम बनाएसँगै झण्डै ५ हजार बढीले रोजगारी पाउनेछन्। दाङमा थारू जातिको बाहुल्यता र इतिहास भएकाले थारूग्राम सांस्कृतिक ग्राम बन्ने समेत उनको भनाइ छ। यस्तै बाँके र बर्दियामा पनि थारूग्राम बनाइने उनले बताए।उनले भने,‘ लुम्बिनी प्रदेशमा सबै संस्कृति बचाउनको लागि उद्देश्यले नै हामीले यो काम गर्दछौँ। जसले गर्दा थारू, मगर, मधेशको संस्कृति बच्ने छ। हामीलाई मगरहरूका संस्कृति खाना परिकारहरू खाने मन लागेमा मगर ग्राममा गएर खान सक्छौँ। थारूको परिकार र रहनसहन पनि मा पाउन सक्छौ। एकातिर संस्कृतिको संरक्षण र अर्कातिर आर्थिक आयआर्जन पनि हुन्छ।’

उनका अनुसार बर्दियाको नेशनल पार्कमा सबै जातजतिहरूको कला संस्कृति राखिनेछ। बर्दियाको भौराटप्पा, बाँकेको राप्ती सोनारी, दाङको घोराहीमा थारूग्राम र दंगीशरण गाउँपालिकाको चखौरामा रहेको थारू संग्रहालयको विकास गरिनेसमेत उनले बताए।यसैगरी, रुकुम र रोल्पालाई मगर ग्राम, प्युठान, गुल्मी, अर्घाखाँचीमा ब्राह्मण र क्षेत्रीहरूका कला संस्कृतिलाई संरक्षण गर्नको लागि जोड दिइएको समेत मन्त्री चौधरीले बताए।यस्तै, पाल्पामा मगर ग्राम र रूपन्देही, कपिलवस्तु नवलपरासीमा थारू र मधेशीहरूको मिसाएर सांस्कृतिक ग्राम बनाउन लागेको समेत उनले बताए। उनले प्रदेशका विभिन्न ठाउँमा बनाउन लागेको सांस्कृतिक ग्रामले संस्कृति र खानपान पनि संरक्षण पनि हुने र संस्कृतिलाई जोडेर यो वर्ष ५ हजार युवा र महिलाहरुले रोजगार दिने कार्यक्रमको लक्ष्य रहेको समेत बताए।

त्यस्तै मन्त्रालयका सचिव महेश चन्द्र न्यौपानेका अनुसार प्रत्येक क्षेत्रलाई ६५ लाख बराबरको बजेट र अनुसन्धानका लागि मात्र एक करोड रकम विनियोजन गरिएको छ। उनले भने,‘ हरेक ठाउँको खानपान रहन सहनको अनुसन्धान गर्ने र त्यहाँ अहिले कस्तो छ, त्यसलाई कसरी स्तरीकरण गर्न सकिन्छ, भन्ने बारेमा अनुसन्धान हुन्छ। विशेषगरी खाद्यान्न र पिए पदार्थहरूको विकास कसरी गर्ने, त्यसलाई कसरी ब्रान्ड गर्ने लगायतका कुरालाई अनुसन्धान गर्न हामीले एक करोड बजेट छुट्टाएका छौँ।’त्यस्तै, उनले दाङमा अहिले जिल्लामा ठाउँ नतोकिएको भएयता पनि स्थानीयको सक्रियताको हिसाबले ठाउँ तोकिने समेत उनले बताए। उनले संस्कृति जोगाउनको लागि गर्न लागेको यो कार्यक्रममा बजेटको अभाव नहुने समेत बताए।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६