अर्थ-वाणिज्य

कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ मंसिरमा पार्टीको प्रदेश अधिवेशनहरु उद्घाटन गर्दै



२३ मंसिर काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ मंसिरमा पार्टीको प्रदेश अधिवेशनहरु उद्घाटन गर्दै महाधिवेशनलगत्तै चुनावमा केन्द्रीत हुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिए । सोमबार पत्रकारहरुसँग भएको संवादमा माघमा हुने राष्ट्रिय सभामा चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गरेपनि अरु चुनावमा यो गठबन्धन के हुन्छ भन्नेबारे टुंगो लागिनसकेको बताए । तर तीनै तहको चुनाव आफ्नो सरकारले गराउने बताएका उनले सकेको छिटो चुनावमै जाने संकेत गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको चुनाव समेत पछाडि सारेर तीनै तहको चुनाव एकैपटक गर्न लबिइङ गरिरहेका बेला प्रमुख सत्ता घटक कांग्रेसका सभापति देउवा भने पार्टीको महाधिवेशनपछि चुनावको तयारीमा जुट्ने र स्थानीय तह तथा प्रदेशभन्दा पहिले संघीय चुनाव गराउने रणनीतिमा छन् । सुरुमा स्थानीय तहको चुनाव गर्दा त्यसको परिणामले केन्द्रको चुनावलाई असर गर्ने कांग्रेसको बुझाइ छ ।

देउवाले सत्तासाझेदार दलका शीर्ष नेता तथा आफ्नै पार्टीको कोर टिममा रहेका नेताहरुसँग छलफल गरिरहेका छन् । ‘केही दिनअघि मेरो प्रधानमन्त्रीजीसँग भेट भएको थियो,’ सत्तारुढ दल जनता समाजवादी पार्टी -जसपा)का एक शीर्ष नेताले अनलाइनखबरसित भने, ‘उहाँले जेठमा संघको निर्वाचन गर्ने तयारी गर्नुभएको रहेछ । उहाँको कुरा मलाई पनि ठीकै लाग्यो ।’

तर संघको चुनावको परिणामका आधारमा असोजसम्म स्थानीय तहको निर्वाचन गर्ने प्रस्तावमा सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी भने सशंकित छन् ।

अहिलेको राजनीतिमा कांग्रेसको हात माथि पर्ने देखिन्छ । कांग्रेसमा देउवाहो हात माथि छ । त्यसैले आफू बलियो भएकै बेला पर्सिदेखि सुरु हुने पार्टीको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भइहाल्ने र चुनाव जाने देउवाको रणनीति छ । एमालेलाई बलियो बन्न नदिने, सत्ता गठबन्धनसँग चुनावमा पूर्ण रुपमा तालमेल पनि नगर्ने रणनीति रहेको उनको सचिवालयका एक सदस्य बताउँछन् ।

देउवाले चाहे जस्तो कांग्रेस पहिलो दल बन्न एमाले कमजोर हुनुपर्छ, त्यसका लागि गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुन जरुरी छ । गठबन्धनमा रहेका अरु दलहरु देउवाले चाहेझै तत्कालै चुनावमा जान तयार छैनन् । पार्टी विस्तारमा जुटेका दुबै दलका नेताहरु तीन तहको निर्वाचन आगामी मंसिरमा गर्न पाए हुन्थ्यो भन्ने चाहन्छन् ।

। अर्थमन्त्री एवम् माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्मा चुनावबारे गठबन्धनमा धेरै छलफल भइनसकेको बताउँछन् । ‘अहिले पार्टीहरु आफ्नै महाधिवेशनमा केन्द्रीत छन्, गठबन्धनमा त्यतिधेरै छलफल पनि भएको छैन,’ चुनावको तयारी भइरहेको हो भन्ने अनलाइनखबरको प्रश्नमा शर्माले भने, ‘यदि प्रधानमन्त्रीले भन्नुभएको छ भने त्यही होला ।’ उनले गठबन्धन कहिलेसम्म लम्बिन्छ भन्नेबारेमा पनि खासै छलफल नचलेको बताए ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६