अर्थ-वाणिज्य

कोरोनाविरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्दै



काठमाडौं २२ मंसिर – कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ।स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डाक्टर बडेबाबु थापाले आज १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको बताउनु भयो ।

यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो। आज आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै, बुधबार छ लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुगेको छ।खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ।जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६