अर्थ-वाणिज्य

देशभरका १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा



काठमाडौं २३ मंसिर -सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ।बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३÷४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकोले सङ्टग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो।

सोही माग बमोजिम मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको ६, लुम्बिनीको १ र प्रदेश १ को ३ जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो । असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६