प्रदेश

स्थापनाको १० बर्षपछि पिपरा अस्पतालमा एक्स–रे सेवा सञ्चालन



कपिलवस्तु, २३ मंसिर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा रहेको पिपरा अस्पतालले १० बर्षपछि एक्स रे सेवाको सुरुवात गरेको छ । पिपरा अस्पताल २०६८ सालमा स्थापना भएता पनि अहिले सम्म एक्सरे सेवा नहुदाँ यस क्षेत्रका विरामिले सास्ती खेप्नु परेको थियो । अस्पतालले विरामिको समस्या लाई मध्यनजर गरेर बुधवार (आज) एक कार्यक्रमकाबिच एक्स–रे सेवाको सुरुवात गरेको हो ।

एक्स–रे सेवाको सुरुवात कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले आफु पदमा रहेपनि नरहेपनि अस्पतालको बिकासमा निरन्तर लाग्ने बताए । अस्पतालका अध्यक्ष समेत रहेका प्रमुख थारुले पिपरा अस्पतालले जनताको बिश्वास जित्दै थप सेवा बिस्तारमा नगरपालिका निरन्तर लागी रहेको बताए । सो अवसरमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, पिपरा अस्पालकी, सरस्वति भण्डारी, सरस्वती पन्थी लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख चक्र अर्याल, वडा नः १० का वडा अध्यक्ष रामबिहारी थारु, अस्पतालका निमित्त मेसु आन्नद अधिकारी पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६