तुलसिपुर २३-मंसिर । आज बिहिबारदेखि संचालनमा आएको प्रथम प्रादेशिक फेष्टिबल २०७८को उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी(सोनाम)ले गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ को बरुवागाउँमा चन्द्रसुर्य यातायात प्रालिले उक्त फेष्टिबलको आयोजना हो ।
मुख्यमन्त्री सोनामले मेला उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी र कर्णाली प्रदेशसंग जोडिएको तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने बताए । साथै हरेक मेला महोत्सवमा व्यापार व्यवसाय हुने भएकाले यसलाई व्यवस्थित बनाउनु पर्ने उनको भनाइ थियो । अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री केसीले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेकोले यसबाट बच्न स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउनु पर्ने बताए ।
कोरोना महामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यसप्रति विशेष ध्यान दिन उनले आयोजकलाई आग्रह पनि गरेका छन् । महोत्सव आज बिहीबार २३ गतेदेखि मंसिर २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया