अर्थ-वाणिज्य

प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन मानव स्रोत विकास केन्द्रको निर्देशन



काठमाडौं
२३-मंसिर । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ । केन्द्रले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने गरेको भन्ने जानकारी आएकाले त्यस्तो तयारी खाजा नखुवाउन निर्देशन दिएको हो ।

केन्द्रले सूचना जारी गर्दै सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने र स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगराउन निर्देशन दिएको छ । यसका साथै स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरुको उपायोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

सकारले आर्थिक वर्ष २०७७/०७८देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुको लागि दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६