ब्रेकिंग न्युज

कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी पाँच हजार बढी प्रहरी परिचालन



काठमाडौँ
२४-मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिए । ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरुको संख्या बढेको छ । त्यसैले चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा पनि निगरानी बढाइएको छ ।

त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामराबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ । ‘प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ, पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएको छ,’ एकजना प्रहरी अधिकृतले भने ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६