खोज–अनुसन्धान

१६ दिने अभियानको अन्तिम दिन :खुकुरी हानेर श्रीमतिको हत्या




बुटवल २५ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रवार ७३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाईरहँदा बुटवलमा भने आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले बुटवल–११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षिय खुमाको उनकै श्रीमान ३८ वर्षिय सुकुम भन्ने सन्तबहादुर घर्तिले घाँटीमा खुकुरीले हानेर हत्या गरेको बताए ।
शुक्रबार विहान साढे ११ बजे श्रीमन सन्तबहादुरको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी खुमालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । श्रीमतीमाथी खुकुरी प्रहार गरे लगत्तै प्रहार रहेका श्रीमान सन्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कारणले हत्या गरेका हुन भन्ने खुल्न बाँकी रहेको र घटनाका बारेमा अनुसन्धान भइरहेको पौडेलले बताए ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६