अन्तर्राष्ट्रिय

एउटै नाकावाट १ वर्षमा ७१९ महिला र वालवालिका बेपत्ता




बाँके २५ मंसिर । नेपाल–भारत सीमा नाका जमुनाह भएर चालु आर्थिक वर्षमा ७१९ महिला तथा बालबालिका बेपत्ता भएको तथ्य सार्वजनिक भएको छ । जमुनाह नाका भएर ती महिला र बालबालिका बेपत्ता भएको मानव बेचबिखनविरुद्ध नाकामा काम गर्ने विभिन्न संघ संस्था र प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन परेपछि सो तथ्य सार्वजनिक भएको हो ।
कुनै न कुनै बहानामा नाका पार गरी परिवारसँग सम्पर्कविहीन भएको निवेदनहरुमा उल्लेख गरिएको छ । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले चालु आर्थिक वर्षमा माइती नेपालमा ३६७, प्रहरी कार्यालयमा ३४८ र साना हातहरुमा चार जना गरी जम्मा ७१९ वटा खोजतलासको निवेदन परेको बताउनुभयो । माइती नेपालमा परेको ३७६ वटा निवेदनमा ७१ जना बाँके जिल्लाका रहेको पनि कोइरालाले जानकारी दिनुभयो ।
खोजतलासका लागि निवेदन परेकामध्ये ४७ जनाको भारत तथा खाडी मुलुकबाट सकुसल उद्धार गरिएको र अन्यको खोजी भैरहेको उहाँले बताउनुभयो । कोइरालाकाअनुसार भारत तथा खाडी मुलुकबाट शक्ति समूहले २८ जना, माइती नेपालले १६ जना र आफन्त नेपालले तीन जनाको उद्धार गरेको बताएको छ । उद्धार गरिएकामध्ये बाँकेका नौ जना छन् ।
माइती नेपालका संयोजक कोइरालाका अनुसार यसरी सम्पर्कविहीन हुनेहरुमा धेरैजसो आफूखुशी हिँडेको भएपनि सानो सङ्ख्या चाहिँ घरपरिवारकै सहमतिमा भारत तथा खाडी मुलुक पुगेको पाइन्छ । लामो समयसम्म आफ्नो मान्छे सम्पर्कमा नआएपछि खोजीका लागि मानव बेचबिखनविरुद्ध काम गर्ने संघ सस्था तथा प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६