अर्थ-वाणिज्य

कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर निर्वाचनमा जाने



काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला पक्ष मिलेर निर्वाचनमा जाने भएका छन् । शुक्रबार उद्घाटन भएको कांग्रेको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता सिटौला पक्षबीच पदाधिकारीमा भागबण्डा मिलेसँगै नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा एक हुने भएको हो ।

महाधिवेशनमा संस्थापन पक्षबाट कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको हो । सिटौला पक्षमा रहेका नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार देउवा र सिटौला पक्षबीच यसबारे सहमति भएको हो ।

दुई पक्षबीच पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको उहाँ निकट स्रोतको दाबी छ । यसअघि सिटौलाले महाधिवेशनको उद्घाटनमा प्रदीप पौडेलाई भोटसमेत माग्नुभएको थियो । देउवा र सिटौलाबीच भएको सहमतिले गगन थापासहितका नेताहरुलाई झडका लागेको छ ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६