लुम्बिनी, २५ मंसिर ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार (आज) हुँदै छ । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन् । जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ ।
लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ ।
प्रतिक्रिया