प्रदेश

सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण ।




दाङ, २५ मंसिर । सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ। दाङ राप्ती गाउँपालिका– १ भालुबाङमा करिब एक वर्षअघि निर्माण सम्पन्न भएको सालिकको शनिबार अनावरण गरिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गर्दै सहिद कृष्णसेन इच्छुकले देखेको गरिब, विपन्न तथा निमुखाको पक्षमा अझै काम गर्न बाँकी रहेको बताए। ‘यो कालझैं इतिहास हो। अर्को पुस्तासम्मको लागि ठूलो इतिहास हो’, उनले भने, ‘यति महान व्यक्तिको आज सालिक अनावरण गर्न पाउँदा हामीलाई गर्व अनुभूति पनि छ।’

सालिक निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ। प्रदेश सरकारको ७ लाख ४० हजार, सहयोगबाट दुई लाख ९१ हजार ५४० गरी १० लाख ३१ हजार ५४० रुपैयाँ लागतमा सालिक निर्माण भएको सालिक निर्माण समितिका संयोजक सूर्यप्रकाश शर्माले जानकारी दिए।

सहिद कृष्णसेन इच्छुकको २०५९ जेठ १३ गते नख्खु कारागार काठमाडौँमा हत्या गरिएको थियो। साहित्य सृजना र पत्रकारिताको माध्यमबाट जनजीविकाको सवाल उठाउँदै आएका सेन कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए। नेकपा माओवादी केन्द्र राप्ती गाउँ संगठन कमिटीको आयोजनामा कार्यक्रम भएको हो।

सालिकको निर्माण कार्य २०७५ बैशाख २५ गतेबाट सुरु भएको गाउँ संगठन कमिटीका अध्यक्ष श्यामेस चौधरीले जानकारी दिए।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६