अर्थ-वाणिज्य

कांग्रेस महाधिवेशन १३४ पदका लागि ५४८ को उम्मेद्वारी




काठमाडौँ २५ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १३ पदाधिकारीमा ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ। शनिबार बिहान ११ बजे साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो। १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
मुख्य गरी देउवा, कोइराला, सिंह र निधिबीच प्रतिस्पर्धा हुने देखिएको छ। उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदारको उम्मेद्वारी परेको छ। कोइराला टिमबाट धनराज गुरुङ र चन्द्र भण्डारी, सिंहको प्यानलबाट सुजाता कोइराला र महेश आचार्यले उम्मेद्वारी दिएका छन्। दिव्यश्वरी साहले पनि उपसभापतिमा उम्मेद्वारी दिएकी छिन्। यसैगरी महामन्त्री देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगनकुमार थापा तथा सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र निधि प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।
आठ सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, डिना उपाध्य, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै थारुतर्फको केन्द्रीय सदस्यका लागि १४ जना, मधेसीका लागि ३२ जना, आदिवासी जनजातिका लागि ८७ जना, खसआर्यका लागि ९३, दलितका लागि ३९ जनाको उम्मेद्वारी परेको छ।
त्यस्तै महिला केन्द्रीय सदस्यका लागि ३१ जना, पिछडिएको क्षेत्रबाट २ जना, अपांगका लागि १६ जना, अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना, मुस्लिमका लागि १६ जना, प्रदेश १ का लागि १३ को उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै प्रदेश २ बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि ५ जना, बागमतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णाली प्रदेशबाट ७ जना, सुदूरपश्चिमबाट १२ जनाको उम्मेद्वारी परेको छ। प्रदेशबाट कम्तिमा एक जना महिलासहित तीनजना निर्वाचित हुने व्यवस्था छ। त्यस्तै ३५ पदका लागि हुने खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेद्वारी परेको छ। खुला केन्द्रीय सदस्यमा अधिकांश पुराना र स्थापित नेताले उम्मेद्वारी दिएका छन्।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६