खोज–अनुसन्धान

कांग्रेसका परम्परागत गुट ध्वस्त: नयाँ ६ समुहको उदय



काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेस भित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ ।१३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ । 

कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने भएका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ । महाधिवेशनको रौनकमा अप्ठयारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन् । पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसकेका छन् ।

पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा छन् । विगतमा पौडेल समूहमा रहेका गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराइसकेका छन् भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवारी बनाउँदै प्रारम्भिक टिम घोषणा गरेका छन् ।उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेदवारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गरेका छन् । विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिएका छन् ।

थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुगेका छन् । प्रदिप पौडेललाई महामन्त्री तथा शिव हुमगार्इ र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राख्दै सिटौला देउवानिकट पुगेका छन् ।

प्रकाशित : २५ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६