ब्रेकिंग न्युज

कांग्रेसका यी अनुहार : पहिले सययात्री,अहिले प्रतिस्पर्धी,भोलीका संभावित सभापति




काठमाडौँ २६ मंसिर । कांग्रेसमा सभापतिपछि अर्को शक्तिशाली पद महामन्त्रीमा देखिएका नयाँ अनुहार पहिले सययात्री ,अहिले प्रतिस्पर्धी, भोलीका संभावित सभापतिका रुपमा बिशेष चर्चामाछन् । यसपटक दुबै महामन्त्री निर्वाचित हुन्छन् । दुई महामन्त्री पदकालागि छ जनाको उम्मेदवारी परेको छ । वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र अर्का नेता राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।पार्टीमा रुपान्तरण र पुस्तान्तरणको बहस भइरहेका बेला महामन्त्रीमा नयाँ पुस्ताका नेताहरूबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने रिजाल र थापा शेखर कोइराला प्यानलका । शर्माले उम्मेदवारी दर्तापछि प्रकाशमान सिंहसँग समीकरण गरे । अर्का नेता कार्कीले निधिको समूहबाट उम्मेदवारी दिएका हुन् । कांग्रेसजन माझ धेरै नचिनिएका कार्की चिकित्सा पेशाबाट राजनीतिमा आएका हुन् ।देउवा र कोइराला प्यानलसँग परम्परागत गुट र संगठनको साथ छ । तर, यही महाधिवेशनमा पुरानो समूहबाट अलग्गिएर उम्मेदवार बनेका सिंह र निधिसँग बलियो गुट छैन । त्यसैले महामन्त्रीमा देउवा प्यानलका महत र पौडेल तथा कोइराला प्यानलका थापा र रिजालबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । तर, पार्टी संगठन र आममानिस माझ सिंह प्यानलबाट उम्मेदवार बनेका शर्माको लोकप्रियता पनि कम छैन ।

महामन्त्रीका उम्मेदवारमा उनीहरूमध्ये पनि दुई पुस्ता छ, पहिलो रिजाल र महतको, दोस्रो शर्मा, थापा र पौडेलको । पहिलो पुस्ताका रिजाल र महत तथा दोस्रो पुस्ताका शर्मा, थापा र पौडेल कुनै बेला विद्यार्थी राजनीति र पार्टीभित्र एउटै गुटमा थिए । उनीहरूबीच लामो सहकार्य र सहयात्रा भएको छ । तर, कुनैबेला एउटै गुटमा सहयात्रीका रुपमा रहेका उनीहरू अहिले पार्टीको महामन्त्रीमा प्रतिस्पर्धीका रुपमा प्रस्तुत भएका छन् । प्यानलगत रुपमा भिन्न–भिन्न प्यानलबाट उम्मेदवारी दिएपनि उनीहरू हरेकले बाँकी सबैसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६