अर्थ-वाणिज्य

कांग्रेसको १४औँ महाधिवेशनमा समूहभित्रको लिस्टमा नाम पार्न नसकेपछि पद घटेर मनोनयन गर्दा गराए



काठमाडौ २६ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीमा जाने घोषणा गरेका केही नाम चलेका नेताहरूसमेत पद घटेर मनोनयन दर्ता गराएका छन् ।

सभापतिका आकांक्षा देखाएकाहरूले समूहभित्रको लिस्टमा नाम पार्न नसकेपछि पद घटेर मनोनयन गर्दा गराएका हुन् ।

यसअघि नेपाली कांग्रेसको सभापति पदमा दाबेदारी प्रस्तुत गरेका डा. शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले आफ्नो समूहमा सबैको इच्छालाई सम्बोधन गर्नुपरेकोले आफूले केन्द्रीय सदस्यमा मात्र मनोनयन दर्ता गराएको बताएका छन् ।

सभापतिमै दाबी गरेका रामशरण महत, उपसभापतिमा आकांक्षा देखाएका अर्जुननरसिंह केसी र पदाधिकारीकै अर्का दाबेदार बलबहादुर केसीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

महामन्त्री पदमा उठ्ने चर्चामा रहेका बालबकृष्ण खाँडले केन्द्रीय सदस्यमा उमेदवारी दिए । मिन विश्कर्मा महामन्त्रीबाट सह–महामन्त्रीमा झरेका छन् । रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्कीले पनि केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

महिलातर्फ सह–महामन्त्रीमा प्रचार गरेर मतसमेत मागेकी नेतृ डा. डिला संग्रौलाले पनि केन्द्रीय सदस्यमा मनोनयन दिएकी छन् । “समूहमा धेरै अकांक्षी भएका कारण आफूले चाहेको पद पाइएन त्यही भएर केन्द्रीय सदस्यमा जाने निर्णय गरेँ,” संग्रौलाले भनिन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६